एजेन्सी - भारतका विदेशमन्त्री एस.जयशंकरले नेपालको गौतम बुद्धलाई भारतीय नागरिक भएको दावी गरेका छन् ।
उनले शनिबार भारत र चीन सम्बन्धको बारेमा भर्चुअल सम्मेलनमा सो कुरा बताएका हुन् । यतिबेला जयशंकरको सो भनाईलाई भारतीय सञ्चारमाध्यमले विशेष महत्वका साथ प्रसारण गरिरहेका छन् ।
उनले भर्चुअल सम्मेलनमा गौतम बुद्ध र महात्मा गान्धीलाई संसारले नै महान भारतीय भनेर चिन्ने गरेको बताएका थिए ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बेलाबेला गौतम बुद्ध भारतकै हो भनेर बताउँदै आएका छन् ।
यसलाई प्रमाणित गर्न भारतले नक्कली कपिलबस्तुसमेत बनाएको आशंका गरिएको छ ।