एजेन्सी - स्पेनका पूर्वराजा ह्वाँ कार्लोस युनाइटेड अरब इमिरेट्स (युएई) पुगेका छन् ।
यतिबेला विभिन्न सञ्चार माध्यमबाट उनी युएईमा भएको तस्बिरहरु सार्वजनिक भईरहेका छन् ।
उनले अबुधाबी स्थित होटल इमिरेटस प्यालेसको एक तला बुक गरेको बताइएको छ । भ्रष्टाचारको मुद्दा खेपेका उनले बाँकी जीवन यूएईमा नै बिताउने आशंका गरिएको छ ।
गत जुन महिनामा कार्लोसलाई साउदी अरबसँग भएको हाइस्पिड रेलको सम्झौतामा भ्रष्टाचार गरेको आरोप लागेको थियो ।
यसबारे स्पेनको सर्वोच्च अदालतले अनुसन्धान पनि सुरु गरी सकेको छ । कार्लोसले हाइस्पिड रेल प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको र अनुसन्धानलाई पनि थप सघाउने बताएका थिए ।
तर उनले एकाएक गत सोमबार देश छाड्ने घोषणा गरे । हाल ८२ वर्षका कार्लोसले एक पत्र मार्फत देश छोड्ने कुरा छोरा फेलिपेलाई गराएका थिए । फेलिपे अहिले स्पेनका राजा हुन् ।
स्पेनको दरबारले भने उनको बारेमा केही बताएको छैन् ।