काठमाडौं - कास्कीमा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । सङ्क्रमण पुष्टि भई उपचाररत पोखरा–१९ का ६२ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको होे ।
उनी साउन १७ गते कोरोनासहित मधुमेहबाट पीडित भई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको ‘कोभिड उपचार केन्द्र’मा उपचाररत थिए ।
उनको गत राति ११ः३५ बजे उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले जानकारी दिए ।
हालसम्म पश्चिमाञ्चल अस्पतालमा कोरोनाको उपचारका क्रममा तीन सङ्क्रमितको मृत्यु भइसकेको छ ।
रासस