टोकियो– गर्मी बिदा सुररु हुँदै गर्दा जापानमा कोभिड–१९ संक्रमितको संख्या बढ्न थालेको जापानी अधिकारीले बताएका छन् । जापानमा पछिल्लो २४ घण्टामा १ हजार ५ सय ६५ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालय तथा स्थानीय अधिकारीले जानकारी गराएका छन् ।
यससँगै शनिबार साँझसम्म जापानमा संक्रमितको संख्या ४७ हजार ४ सय ६४ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । ‘बोन फेस्टिवल’ आए पनि गृहनगरमा प्रान्तका राज्यपालले मानिसलाई अनावश्यक भेटघाट गर्न निरुत्साहित गरेका छन् ।
त्यस्तै, जापानमा कोरोनाबाट मर्नेहरूको संख्या १ हजार ५० पुगेको छ । मृतकमध्ये १३ जना डायमन्ड प्रिन्सेस जहाजका यात्रु रहेका थिए ।