काठमाडौं– नेपालमा कोरोना संक्रमित शून्य भएका सात जिल्ला रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार खोटाङ, धनकुटा, सङ्खुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला गरी सात जिल्लामा संक्रमित छैनन् ।
उनले भने, ‘सक्रिय संक्रमित ६ हजार २ सय ६ मध्ये प्रदेश १ मा ४ सय ७८, प्रदेश २ मा २ हजार ९ सय २९, बाग्मती प्रदेशमा १ हजार २९, गण्डकी प्रदेशमा २ सय ४२, प्रदेश ५ मा ३ सय ९०, कर्णाली प्रदेशमा १ सय ६३ र सुदूरपश्चिम प्रदेशमा ९ सय ७५ छन् ।’
पछिल्लो २४ घण्टामा ७ हजार ७ सय ८८ जनाको पिसिआर परीक्षण गरिएको प्रवक्ता डा. गौतमले जानकारी दिए । हालसम्म ४ लाख ३५ हजार २८९ परीक्षण भएको छ । क्वारेन्टिनमा रहेका व्यक्तिको संख्या १० हजार ७९२ छ ।
पछिल्लो२४ घण्टामा कोरोनामुक्त भई घर फर्किने ४ सय ९९ जना छन् । हालसम्म डिस्चार्ज हुने १६ हजार ३ सय १३ जना छन् ।