काठमाडौं– अभिनेता अभिषेक बच्चन कोरोनामुक्त भएका छन् । अभिषेकले ट्वीटरमार्फत आफू कोरोनामुक्त भएको जानकारी दिएका छन् । त्यस्तै, अभिषेकका पिता अमिताभ बच्चनले समेत ट्वीटरमार्फत अभिषेक अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिएका छन् ।
अमिताभले लेखेका छन्, ‘अभिषेकको रिपोर्ट नेगेटिभ आएको छ । अभिषेक डिस्जार्च भएका छन् ।’ यसअघि अमिताभ बच्चन, ऐश्वर्या राय बच्चन र आरध्या बच्चन कोरोनामुक्त भएका थिए ।