वासिङ्टन– इराकका प्रधानमन्त्री मुस्तफा अल कादिमी यही अगस्टमा अमेरिका जाने भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न उनी अमेरिका जान लागेका हुन् ।
राष्ट्रपति कार्यालय ह्वाईट हाउसले अगस्ट २० मा मुस्तफा अमेरिकाको वासिङ्टन आउने जनाएको छ । ‘राष्ट्रपति डोनाल्ड जे. ट्रम्पले इराकका प्रधानमन्त्री मुस्तफा अल कादिमीलाई ह्वाइट हाउसमा अगस्ट २०, २०२० मा स्वागत गर्नुहुनेछ,’ ह्वाइट हाउसद्वारा शुक्रबार अबेर जारी वक्तव्यमा लेखिएको छ ।
वक्तव्यका अनुसार दुई देशबीचको सम्बन्ध संकटमा परिरहेका बेला उनीबीचमा भेटवार्ता हुन लागेको हो । उनीहरुबीच इस्लामिक स्टेट (आइएस)का हिंसात्मक गतिविधि र कोरोना नियन्त्रणमा सहकार्य गर्ने बारेमा छलफल हुने जनाइएको छ ।–रासस