काठमाडौं - लोक गायक प्रेमराजा महत तथा उनी धर्मपत्नी कविता महतलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
गायक महतले आफ्नो फेसबुकमा एक स्टाटस लेखेर यो कुराको जानकारी दिएका हुन् । उनले आफू र श्रीमती कोरोना पोजेटिभ भएको बताएका छन् ।

फेसबुकमा महतले लेख्छन्– ‘समुदायका सम्पुर्ण दिदीबैनी दाजुभाई तथा ईष्टमित्रहरूमा हार्दिक अपिल । यदि हामिले समयमै सतर्कता अपनाएनौ भने बिश्वमहामारी कोरोनाले हामी कसैलाई पनि अछुतो बनाउनेवाला छैन । ध्यान राख्दा राख्दै दुर्भाग्यबस हाम्रो श्रीमान श्रीमती पनि यसबाट बच्न सकेनौ । हामी अहिले आफ्नै घरको एकएक कोठामा आईसोलेसनमा छोरा डा। सरगम महतको निरिक्षण र निगरानीमा बसेका छौं ।
यदि हाम्रो परिवार बाहेक यस्तो समस्या कसैमा देखिएको छ भने कृपया कत्ति पनि शर्म नमानिकन यो रोगलाई गोप्य नराखी समुदायलाई सुसुचित हुने मौका दिनु हुनेछ भन्ने पूर्ण विश्वासका साथ हजुरहरूमा हार्दिक अनुरोध गर्दछु । ईमान्दारिताले गर्दा देश, समुदाय, स्वास्थ्यकर्मि र विश्वस्वास्थ्य संगठनप्रति नै सहयोग पुग्न जानेछ ।
जय पशुपतिनाथ ।’