काठमाडौं - रुपन्देहीमा कार दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।
उनीहरुको उपचारको क्रममा भिम अस्पताल भैरहवा मृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
परासीबाट भैरहवातर्फ आउँदै गरेको कार अनियन्त्रित भई पल्टिदा दुर्घटना भएको हो ।
लु २ च ६७५६ नम्बरको कार रुपन्देही रोहिणी गाउँपालिका ४ छिपागड स्थित दुर्घटनामा परेको थियो ।
कार सडकबाट १० मिटर तल खसेको बताइएको छ ।