काठमाडौं - अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र भारतीय विदेशमन्त्री एस जयशंकरबीच बिहीबार फोनवार्ता भएको बताइएको छ ।
वार्ताका क्रममा उनीहरुबीच दुई देशबीचको शान्ति, समृद्धि र सुरक्षाका विषयमा कुराकानी भयो । दुई विदेशमन्त्री बीचमा अफगानिस्तानमा शान्ति स्थापनाको विषयमा पनि कुराकानी भएको छ ।
अफगानिस्तानमा अमेरिकी प्रयासमा शान्ति वार्ताको प्रयास भएको बताइएको छ । त्यसैगरी हाल विश्वव्यापी महामारीका रुपमा रहेको कोरोना भाइरसले अमेरिका र भारतमा धेरै नागरिक सङ्क्रमित बनाएको अवस्थामा त्यसको नियन्त्रण र रोकथामका लागि आपसमा मिलेर एक अर्कालाई के कसरी सहयोग गर्न सकिन्छ भन्ने बारेमा पनि कुराकानी भएको बताइएको छ ।
उनले अमेरिका र भारतका बीचमा अफगानिस्तानमा शान्ति स्थापनाको विषयमा एकमत रहेको पनि सो कुराकानीका क्रममा स्पष्ट गरिएको जानकारी पनि दिए । रासस