एजेन्सी - भारतमा कोरोना संक्रमितको संख्या २० लाख नाघेको छ । भारतमा अहिले २० लाख २५ हजार ४ सय ९ जना कोरोना संक्रमित छन् ।
बितेको एक साता यता भारतमा भारतमा प्रत्येक दिन ५० हजारभन्दा बढी संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ६२ हजार १ सय ७० जनामा कोरोना देखिएको छ ।
भारतमा अहिललेसम्म १३ लाख २८ हजारभन्दा बढी निको भएका छन् । ४० हजार ७ सय ले भने ज्यान गुमाईसकेका छन् ।
त्यस्तै आजसम्म विश्वभर कोरोना संक्रमित हुनेको संख्या एक करोड ९८ लाख पुगेको छ । यसबाट मृत्यु हुनेको संख्या ७ लाख १२ हजार पुगेको छ ।