काठमाडौं– आज ९२ करोड ९ लाख ९७ हजार ५६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । १ सय ८६ कम्पनीका २३ लाख ४१ हजार ७ सय ४६ कित्ता सेयर सो रकममा खरिदबिक्री भएको हो ।
त्यस्तै, नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १.२९ अंकले घटेर १ हजार ३८१.३८ पुगेको छ । सेन्सेटिभ परिसूचक ०.६३ अंकले घटेर २८९.५५ मा पुगेको छ ।
कारोबार भएका कुल १२ मध्ये ६ उपसमूहको सेयर मूल्य बढेको छ भने ६ उपसमूहको सेयर घटेको छ । बैंकिङ ३.९३, व्यापार ९.२४, जलविद्युत् ४.१३, अन्य ३.०६, लघुवित्त १.५६ र सामूहिक लगानी कोष ०.०९ अंकले घटेका छन् । त्यस्तै, होटल ३३.८४, विकास बैंक १०.४, वित्त ४.०३, निर्जीवन बिमा ३१.८७, उत्पादन ३.५९ र जीवन बिमा ५०.८ अंकलले बढेका छन् ।
कारोबार रकमका आधारमा आज नेपाल पुनर्बिमा कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको सेयर ११ करोड ८१ लाख १५ हजार १८८ मा खरिदबिक्री भयो । यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ८ करोड ५४ लाख १६ हजार ७९४, एनआइसी एसिया बैंकको ३ करोड ९९ लाख ६१ हजार २०, एनएमबी बैंकको ३ करोड ६० लाख १० हजार २५८, आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको २ करोड ३७ लाख ५६ हजार १६६ र एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाको २ करोड १३ लाख ९ हजार ६५ मा खरिदबिक्री भयो ।
सबैभन्दा बढी कमाउने
गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले आज सबैभन्दा बढी १० प्रतिशतले कमाए । यस्तै, अजोड इन्स्योरेन्स ९.८२, नेपाल फाइनान्स ९.५५, ग्रिन डेभलपमेन्ट ७.४१ र दिव्यश्वरी हाइड्रोपावरका सेयरधनीले ६ प्रतिशतले कमाए ।

गुमाउने कम्पनी
यस्तै, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाका सेयरधनीले ६.०६ प्रतिशतले गुमाए । यस्तै, स्वाभिमान लघुवित्त वित्तीय संस्था ५.६८, कालिका पावर कम्पनी ५.३६, अपि पावर कम्पनी ५.२६ र हिमाल दोलखा हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ५.२६ प्रतिशतले गुमाए ।
