काठमाडौं– कोरोना संक्रमणबाट आज पाँच जनाको मृत्यु भएको छ । :स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो चौबिस घण्टामा पाँच कोरोना संक्रमितको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोरङ, सर्लाही, धनुषा र सप्तरीका संक्रमित छन् । गौतमका अनुसार मोरङका २ पुरुष, सर्लाहीकी एक वृद्धा, धनुषाकी एक वृद्धा र सप्तरीका एक पुरुषको मृत्यु भएको हो ।
आज २ सय ३३ जना डिस्चार्ज भएका छन् । हालसम्म १५ हजार ३ सय ८९ जना डिस्चार्ज भएका छन् ।
त्यस्तै, नेपालमा ३ सय ६० जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा संक्रमितको संख्या२१ हजार ७ सय ५० पुगेको छ ।
