सुर्खेत– नयाँ आर्थिक वर्ष सुरु भएसँगै जिल्ला दररेट निर्धारण समितिले मजदुरको ज्यालामा हेरफेर गरेको छ । जिल्ला प्रशासन कार्यालयअन्तर्गतको समितिले बजार महँगी बढ्दै गएपछि दैनिक ज्याला मजदुरी गर्नेको पारिश्रमिक बढाएको हो ।
अब सरकारी काममा खटिने मजदुरको दैनिक ज्याला एक सय रुपैयाँ बढेको छ । आर्थिक ऐनअनुसार १२ प्रतिशतसम्म मजदुरको ज्याला बढाइएको हो । निजी तथा गैरसरकारी संघ–संस्थामा दैनिक ज्याला मजदुरी गर्नेको पारिश्रमिक पनि बढेको छ । डकर्मी, सिकर्मी, चित्रकार र पेन्टरको ज्यालामा एक सय रुपैया बढाइएको छ । यसअघि दैनिक ८०० पाउने मजदुरले अबदेखि ९ सय पारिश्रमिक पाउनेछन् ।
- अब सरकारी काममा खटिने मजदुरको दैनिक ज्याला एक सय रुपैयाँ बढेको छ । आर्थिक ऐनअनुसार १२ प्रतिशतसम्म मजदुरको ज्याला बढाइएको हो ।
निर्धारित दररेटअनुसार अब ज्यामीको दैनिक ६००, पलम्बरको ६८८, सिनियर पलम्बरको ७००, इलेक्ट्रिसियन हेल्परको ६००, इलेक्ट्रिसियनको ७००, निर्माण सामग्री परीक्षण गर्ने ल्याब असिस्टेन्सको ६४० र टेक्निसियनको ७४५ तोकिएको छ । त्यस्तै, हलुका ड्राइभरको हकमा ६६०, हेभी ड्राइभरको हकमा ७३०, हेभि इक्विप्मेन्ट अप्रेटरको ८२०, ड्राइभर सहयोगीको ६००, नगर निरीक्षक अर्थात् कार्यालय सहयोगीसरहलाई ६००, नर्सरी नाइके, क्याम्पस वर्कर, चौकीदार, कुचीकार, सर्भे हेल्पर र मालीको ६०० दैनिक ज्याला निर्धारण गरिएको छ ।
मजदुरको हकमा २६ दिनसम्म काम गरेको खण्डमा एक महिना मान्नुपर्ने समितिले निर्णय गरेको छ । अबदेखि मजदुरले २६ दिन मात्रै काम गरे पनि एक महिनाको पारिश्रमिक उपलब्ध गराउनुपर्नेछ ।
- ‘समितिले निर्धारण गरेको दररेटअनुसारै कारोबार हुनेछ,’ उनले भने, ‘आफूखुसी बजार मूल्य तोक्ने र मजदुरलाई कम ज्याला दिएर शोषण गर्नेलाई कानुनबमोजिम कारबाही गरिनेछ ।’
जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत पदमलाल लामिछानेले नेपाल सरकारको आर्थिक ऐनअनुसार सरकारी क्षेत्रका काम गर्ने मजदुर र निर्माण सामग्रीको हकमा मूल्य निर्धारण गरिएको बताए
‘समितिले निर्धारण गरेको दररेटअनुसारै कारोबार हुनेछ,’ उनले भने, ‘आफूखुसी बजार मूल्य तोक्ने र मजदुरलाई कम ज्याला दिएर शोषण गर्नेलाई कानुनबमोजिम कारबाही गरिनेछ ।’