काठमाडौं– यस वर्षको बाढीपहिरो र चट्याङका कारण एक नम्बर प्रदेशभरिका १६ जनाको मृत्यु भएको छ । ११ जना बेपत्ता रहेका छन् ।
सङ्खुवासभा सिलिङचोङ गाउँपालिका–१ का प्रशान्त राई, चुलचुली–५ इलामका राम केरुङ, अरुण–२ भोजपुरका जिता राई, म्याङ्लुङ–६ तेह्रथुमका अन्जना लिम्बू, मेचीनगर–९ झापाका विवेद दर्नाल, भद्रपुर–२ झापाका अङ्कुश तामाङ, करण थामीको ज्यान गएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।
यस्तै, झपाकै अर्जुन थामी, सुनवर्षी–६ र ५ का नृतकला केवरत र महादेवलाल केवरत, मकालु–२ सङ्खुवासभाका निमा शेर्पा, भद्रपुर–२ झापाका कुमार गजमेर, मिक्लाखोला–५ ताप्लेजुङका सौगात राई र रामधुनी–७ सुनसरीका दिपेश लिम्बू र मन्दीप लिम्बू मृत्यु भएको हो ।
यसैगरी, सिलिङचोङ–१ सङ्खुवासभाका उत्तरकुमारी राई, नजमाया राई, हस्तकुमार राई, एन्जिला राई, नम्रता राई, गोरीमाया राई, प्रकृति राई, जुद्धबहादुर राई माने, हर्कराज राई, आइतमाया राई र राममान राई बेपत्ता भएका छन् । उनीहरु असार २८ गतेको पहिरोमा परी बेपत्ता भएका हुन् ।