डाेल्पाकाे जगदुल्ला गाउँपालिका–६ झ्याकोटस्थित भवन निर्माणसम्बन्धी काम गर्ने ठेकेदार जाजरकोट बारेकोट गाउँपालिका–६ का ३१ वर्षीय कर्णबहादुर महतरा र जगदुल्ला गाउँपालिका–४ बस्ने ३१ वर्षीय अंगतबहादुर महतरालाई १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । आइतबार साँझ पीडितकै घरमा जबरजस्ती करणी गरेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय काईगाउँबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
त्यस्तै, ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका(३ बस्ने २६ वर्षीय रमेश राईलाई २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बुधबार राति प्रहरीले पक्राउ गरेको छ । साउन १७ गते सोही ठाउँस्थित खरबारीमा ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले राईलाई पक्राउ गरेको हो । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।