काठमाडौं– सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा खटिएका ६ सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएको
छ । प्रचण्डको सुरक्षाको बाहिरी घेरामा खटिएका ६ जना नेपाल प्रहरीमा कोरोना पुष्टि भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।
नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो । सापकोटाले भने, ‘अध्यक्षको परिवार र भित्री घेरामा खटिएका सुरक्षाकर्मीको परीक्षण गर्दा भने कोरोना संक्रमण देखिएको छैन । उहाँहरुको परीक्षण हिजो भएको थियो । पोजेटिभ देखिएपछि उहाँहरू आइसोलेसनमा जानुभएको छ ।’