काठमाडौं - सिरहाको मिर्चैया नगरपालिकामा आजदेखि साउन ३२ सम्म लकडाउनको घोषणा गरिएको छ ।
नगरपालिकाको वडा नम्बर ६ का ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि थप जोखिम हुन नदिन लकडाउन गरिएको हो ।
नगरपालिकाले संक्रमण फैलिन नदिन १० दिनसम्म लकडाउन गर्ने निर्णय गरेको नगरप्रमुख श्रवण यादवले जानकारी दिए ।
यसैबीचकोरोना सङ्क्रमण पुष्टि भएको १६ दिनमा राजविराज नगरपालिका–८ का एक दम्पती सङ्क्रमणलाई जित्न सफल भएका छन् ।
उनीहरुले होम आइसोलेसनमा बसेर नै कोरोना जितेका हुन् । ती दम्पतीले आत्मबल बलियो बनाई नियमितरुपमा तातोपानी तथा फलफुल खाने गरेको बताएका छन् । रासस