काठमाडाैं– सरकारले बिहीबारदेखि फेरि सवारी साधनमा जोर बिजोर प्रणाली लागु गर्ने निर्णय गरेको छ । नेपालमा कोरोना संक्रमण बढ्न थालेपछि सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बताएका छन् ।
गत सोमबारकोे मन्त्रिपरिषद् बैठकले सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको थियो । बिहीबार औपचारिक रूपमा निर्णय सार्वजनिक गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
त्यस्तै, काठमाडौं उपत्यका प्रवेश गर्ने अत्यावश्यक ढुवानी बाहेकका अन्य सबै यात्रुवाहक सवारी साधनहरुलाई बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म आवागमन निषेध गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘जिल्लाका सहरी इलाका र जिल्लाभित्र बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द गर्ने ।’
थप जानकारीका लागि गृह मन्त्रालयकाे वेभ साइट
