बेरुत– लेबनानको राजधानी बेरुतमा भएको विनाशकारी विस्फोटनपछि झन्डै तीन लाख मानिस विस्थापित भएका छन् ।
शक्तिशाली विस्फोटनका कारण उनीहरु घरबारविहीन भएर विस्थापित हुनु परेको अधिकारीहरुले बुधबार जनाएका छन् । स्थानीय गभर्नर ममार्वान अब्बौडले विस्थापित हुनेहरुको विवरण संकलनकै क्रममा रहेको र अझै धेरै विस्थापित भएको हुन सक्ने बताए ।
लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा मंगलबार अबेर विनाशकारी र शक्तिशाली विस्फोट भएको थियो । विस्फोटनमा परी एक सयभन्दा बढीको मृत्यु भएको छ भने चार हजारभन्दा बढी घाइते भएका छन् । करिब दुई हजार ७५० टन ‘एमोनियम नाइट्रेट’ नामक रासायनिक पदार्थ भण्डारण गरेको एक गोदाम घरमा भएको यस विस्फोटनको आवाज धेरै ढाटासम्म सुनिएको स्थानीयले बताएका छन् ।
यस गोदाममा सन् २०१४ मा एक कार्गो जहाजबाट बरामद गरिएको ‘एमोनियम नाइट्रेट’ भण्डारण गरिएको थियो । लेबनानका प्रधानमन्त्री हासान डियाबले यस विष्फोटलाई देशको ठूलो विपत्तिको रुपमा लिइएको बताएका छन् । उनले एक टेलिभिजनमा सम्बोधन गर्दै यस घटनामा संलग्नलाई कडा कारबाही गरिने प्रतिबद्धता पनि जनाएका छन् ।– रासस