कपिलबस्तु– कपिलवस्तुका ३६ वर्षीय विनोद सोनार १६ लाख सहित पक्राउ परेका छन् । सोनारको साथमा भउको १६ लाखको स्रोत नखुलेपछि नियन्त्रणमा लिएको सशस्त्र प्रहरी निरीक्षक सन्तोष देवकोटाले जानकारी दिए ।
भारतबाट नेपाल आउँदै गरेका उनलाई विशेष सुराकीका आधारमा मायादेवी–४ ठकुरापुर गोब्ली बगैँचाबाट मङ्गलबार साँझ पक्राउ परेका हुन् । पक्राउ परेका सोनारको साथबाट एक हजार दरका एक–एक सय थानका १२ गड्डी र ५०० दरका एक–एक सय थानका आठ ग्डडी बरामद गरिएको जनाइएको छ ।
पक्राउ परेका सोनार र उनीबाट बरामद भएको रकम सुनौली भन्सार कार्यालयमा बुझाइएको प्रहरी निरीक्षक देवकोटाले बताए । सुनको अवैध कारोवार गर्दै आएका उनले नेपालतर्फबाट सुन भारततर्फ तस्करी गर्नका लागि रकम बोकेको हुनसक्ने आशङ्का गरिएको छ ।