काठमाडौं– लेबनानमा विस्फोट हुँदा ७० भन्दा धेरै मानिसको मृत्यु भएको छ । विस्फोटमा परी ४ हजार जना घाइते भएका छन् । त्यहाँका प्रधानमन्त्री हसन दिआबले राष्ट्रिय शोक दिवसको घोषणा गरेका छन् ।
ठूलो मात्रामा विस्फोटक सामग्री स्टोर गरी राखिएको गोदाममा विस्फोट भएको हो । उक्त गोदाममा २ हजार ७ सय ५० टन विस्फोटक नाइट्रेन असुरक्षित तरिकाले स्टोर गरि राखिएको बताईएको छ ।
सन २०१४ देखि विस्फोटक पदार्थ स्टोर गरिएको स्टोरमा कसरी विस्फोट भयो भन्ने अनुसन्धान सुरु भएको बीबीसीले जनाएको छ ।