काठमाडौं । आज देशका केहि स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रदेश १, २ र वागमती प्रदेशका साथै सुदूरपश्चिम प्रदेशका केहि स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै विभागले सर्तक रहन आग्रह गरेको छ ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा नदीको बहाव बढ्ने तथा पहाडी क्षेत्रमा पहिरोको सम्भावाना रहेको भन्दै विभागले त्यस क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन भनेको हो । वर्षाका कारण सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने विभागले जनाएको छ ।
देशका अन्य स्थानमा आंशिक बदली भई मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।