युनान– चीनको दक्षिण पश्चिम युनान प्रान्तमा आइतबारसम्ममा सलहले १० हजार ३८९ हेक्टरभन्दा बढी क्षेत्रको बालीनाला सखाप पारेको स्थानीय अधिकारीले बताएका छन् । कृषि अनुसन्धान निकायका अनुसार सलहले युनानका नौ वटा जिल्लामा बालीमा व्यापक क्षति गरेको छ ।
मौसफ सफा भएको र तापमान अनुकूल भएसँगै सलहको बथान तीव्र गतिमा सक्रिय भएको पाइएको छ । स्थानीय अधिकारीले सलह फैलिन नदिन ड्रोनमार्फत विषादी छर्कने क्रम जारी रहेको बताए । यहाँ गत जुन २८ मा पहिलोपटक सलह देखिएको थियो । सलह नियन्त्रण गर्न ८० हजारभन्दा बढी मानिस परिचालित भएका छन् ।
विज्ञको भनाइमा चीनमा सलह प्रवेशको क्रम विस्तारै घट्न थालेको छ तर सलहको संख्या ठूलै भएकाले नियन्त्रणमा ल्याउन निकै कठिन रहेको छ ।