रुपन्देही– रुपन्देहीको क्वारेन्टिनमा सुरक्षा गार्ड बसेका एक युवाले आफैंलाई आगो लगाएका छन् । देवदहको शित्तलगरको क्वारेन्टिनमा सुरक्षा गार्ड बसेका विपिन बस्यालले शरीरमा मट्टीतेल खन्याएर आगो लगाएका हुन् ।
बस्यालको देवदह मेडिकल कलेजमा उपचार भैरहेको रुपन्देही प्रहरीले जनाएको छ । आत्महत्या प्रयास गरेका उनको अवस्था गम्भीर रहेको छ ।
बस्यालको शरीरको धेरै भाग जलेको छ । उनी बोल्न सक्ने अवस्थामा नभएका कारण किन आत्महत्या प्रयास गरे भनेर बुझ्न नसकेको प्रहरीले जनाएको छ ।