काठमाडौं– विश्वका ६ लाख ८६ हजार भन्दा धेरै मानिसले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन् । अहिलेसम्म विश्वका ६ लाख ८६ हजार ७०३ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
कोरोना संक्रमणबाट सबैभन्दा धेरै अमेरिकी नागरिकले ज्यान गुमाएका छन् । कोरोना संक्रमणबाट मृत्यु हुने देशको दोस्रो सूतिमा ब्राजिल रहेको छ ।
चीनबाट सुरु भएको कोरोना संक्रमण अहिलेसम्म विश्वका २१६ देशमा फैलिएको छ ।