वीरगन्ज– वीरगन्जको श्रीपुरमा मात्रै ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एकै वडाका ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्थायी कोभिड अस्पताल गण्डकका संयोजक डाक्टर उदयनारायण सिंहले जानकारी दिए ।
यो सहित वीरजन्जमा कोरोना संक्रमितको संख्या ७४ पुगेको छ ।
संक्रमित मध्ये २० देखि ४० वर्ष उमेर समुहका रहेका छन् । केहि संक्रमित ६० वर्ष माथिका रहेका छन् । एकजना पत्रकारमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
लक्षण सहितका संक्रमितलाई अस्पताल भर्ना गरिएको छ । लक्षणविहीन संक्रमितलाई भने होम आइसोलेसनमा राखिने बताइएको छ ।
वीरगन्जमा मात्रै कोरोका कारण ११ जनाले ज्यान गुमाइसकेका छन् ।