एजेन्सी - अस्ट्रेलियाले भिक्टोरिया राज्यमा कोरोना भाइरसको संक्रमण लगातार बढेपछि भिक्टोरियालाई ‘स्टेट अफ डिजास्टर’ घोषणा गरेको छ ।
भिक्टोरियामा एक महिना यता ठूलो संख्यामा कोरोना भाइरसका संक्रमितहरु देखिरहेका छन् । भिक्टोरियाली प्रिमियर ड्यानियल एन्ड्रुजले आइतबार पत्रकार सम्मेलन गर्दै सो कुरा बताएका हुन् ।
एन्ड्रुजले मेलबर्नको सहरी क्षेत्रमा लेभल– ४ तथा ग्रामीण क्षेत्रमा लेभल–३ अन्तर्गतको स्थानमा लकडाउन गरेको जानकारी दिए । उनले कोरोनाको स्रोत पत्ता लगाउन नसकेको ७ सय केसहरुलाई फैलन नदिन यो कदम चालेका बताएका थिए ।
आइतबारदेखि लागुभएको यो घोषणा मेलबर्नमा ६ सातासम्मका लागि रात्रिकालीन कफ्र्यु हुनेछ ।
भिक्टोरियामा अहिले ६ हजार ३ सय मानिस कोराना संक्रमित रहेका छन् भने १ सय २३ जनाले ज्यान गुमाइसकेका छन् ।