काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणसम्बन्धी मापदण्डमा हेरफेर गरेको छ ।
मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट नयाँ १० वटा मापदण्डहरु निर्धारण गरेको हो ।
मन्त्रालयको नयाँ मापदण्डअनुसार झाडापखाला लागेका तथा स्वाद तथा गन्ध थाहा नपाउने मानिसले पनि पीसीआर टेष्ट गर्नपुर्ने भएको हो ।
त्यस्तै आइसियुमा रहेका बिरामीहरू, दीर्घरोगीहरू, ६० वर्ष उमेर पार गरेकाहरू तथा १४ दिन भित्र कोरोना सङ्क्रमण भएको क्षेत्रमा गएकाहरुको पनि परिक्षण हुनुपर्ने मापदण्डमा उल्लेख गरिएको छ ।
एसएआरआईका बिरामीहरू तथा श्वासप्रश्वासमा समस्या हुनेहरुले पनि कोरोना परिक्षण गर्नुपर्ने मन्त्रालयले बताएको छ ।
डाक्टरका अनुसार मध्यम, गम्भीर र अत्यन्त गम्भीर अवस्थाका मानिसहरुको पनि डिस्चार्ज गर्ने बेला परीक्षण गर्नुपर्ने मापदण्डमा रहेको छ ।