काठमाडौं - महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथका दुई जना ट्राफिकलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
उनीहरुलाई कोरोनापुष्टि भएपछि अहिले महाशाखाका एसएसपी भिमप्रसाद ढकालसहित ३७५ जना क्वारेन्टिनमा बसेका छन् ।
योसंगै बग्गीखानामा रहेको महाशाखामा पूर्ण रुपमा लकडाउन भएको छ ।
ढकालले कोरोना पुष्टि भएकाहरुको सम्पर्कमा आएकालाई आउजाउ गर्न बन्देज लगाइएको र आफु लगायत अरु सबैले भेटघाट बन्द गर्दै क्वारेन्टिनमा बसेको बताए ।
महाशाखामा कार्यरत ३७५ जना ट्राफिक क्वारेन्टिनमा बसेपछि अहिले १ हजार १ सय ७० जना ट्राफिकले काम गरिरहेका छन्
संक्रमण पुष्टि भएकाहरु प्रहरी अहिले अस्पतालमा छन् ।