एजेन्सी- बेलायतले आजदेखि खोल्ने भनिएका क्षेत्रहरूमा दुई सातासम्म लकडाउन थपेको छ । विगत केही दिनदेखि फेरि कोराना भाइरसका संक्रमित बढेपछि प्रधानमन्त्री बोरिस जोनसनले यो कदम चालेका हुन् ।
उनले यसै साता आयोजना हुने खेल प्रतियोगितमा समेत कसैलाई सहभागी नगराउन भनेका छन् । बेलायतका वैज्ञानिकहरूले पनि सरकारलाई सार्वजनिक स्थानहरुमा केही समय प्रतिबन्ध लगाउन सुझाव दिएका छन् ।
जोनसन विद्यालय खोल्ने कि नखोल्ने भन्ने विषयमा पनि अन्योलमा रहेको बेलायती सञ्चार माध्यमले जनाएका छन् । जोनसनले कोरोनासंगको लडाई अहिल्यै जितिनसकेको बताउँदै आफ्ना नागरिकलाई मास्कको प्रयोगमा जोड दिन भनेका छन् ।
जोनसनले बेलायतका सबै सार्वजनिक स्थानमा फेरि मास्कको प्रयोग अनिवार्य गरेका हुन् । उनले नागरिकलाई कोरोनाबाट बच्न सरकारको नियम पालना गर्न, हात राम्रोसंग धुन, भौतिक दूरि कायम राख्न, अनिवार्यरुपमा मास्क लगाउन तथा कोरोनाको लक्षण देखा परे परीक्षण गर्न आग्रह गरेका छन् ।
युकेमा अहिलेसम्म कोरोना भाइरसका कारण ४६ हजार १ सय १९ जनाको मृत्यु भएको छ ।