ताइपेई– ताइवानका पूर्वराष्ट्रपति ली तेङ–हुईको ९७ वर्षको उमेरमा निधन भएको छ । ताइवानमा तानाशाही व्यवस्था अन्त्य गरी लोकतान्त्रिक शासन पद्धति स्थापना गर्न उनको महत्त्वपूर्ण भूमिका रहेको थियो ।
गत फेब्रुअरीमा घाँटीमा खाना अड्किएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनी लामो समयदेखि अशक्त रहेको पारिवारिक स्रोतले जनाएको छ । ताइपेई भेटेरान्स जनरल हस्पिटलका उपाध्यक्ष ह्वाङ सिन–जाङले दीर्घरोगी पूर्व राष्ट्रपति लीका शरीरका भित्री अंगहरुले काम गर्न छाडेपछि मृत्यु भएको जानकारी दिए ।
पूर्वराष्ट्रपति ली सन् १९८८ देखि २००० सम्म ताइवानको राष्ट्रपति भएका थिए । उनको कार्यकालमा चीनसँगको सम्बन्ध तिक्ततापूर्ण रहेको थियो ।– रासस