एजेन्सी - भारतले कोरोना सङ्क्रमित धेरै भएका ठाँउमा ३१ अगष्ट अर्थात भदौ १५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ ।
भारतमा अहिले पनि दैनिक ५० हजारको संख्यामा नयाँ सङ्क्रमित भेटिन थालेका छन् ।
तर सङ्क्रमित कम भएका ठाउँमा भने लकडाउन खुकुलो पार्दै लैजाने बताएको छ ।
योसंगै सङ्क्रमित कम भएका ठाउँमा रातिमा लगाइउको कफ्र्यु हटने निर्णय भएको छ भने भारतले जीम र योग संस्था पनि खोल्ने निर्णय भएको छ ।
भारतको गृह मन्त्रालयको अनुसार अन्तर्राष्ट्रिय हवाई यात्रा सीमित गर्ने , शिक्षण संस्था, सिनेमा हल, स्वीमिङ पुल, मनोरञ्जन पार्क, बार लगायत जमघट हुने ठाउँ अगष्ट ३१ तारिखसम्म नै बन्द हुने भएका छन् ।
त्यस्तै अगष्ट ३१ सम्म राजनीतिक, सामाजिक, मनोरञ्जन, सांस्कृतिक, खेलकुद र धार्मिक समारोहलाई पनि प्रतिबन्ध गरिएको छ ।