एजेन्सी - कोरोनाको कारण भारतमा पछिल्लो २४ घण्टामा ७ सय १६ जनाको मृत्यु भएको ।
कोरोना भाइरसको संक्रमणबाट भारतमा पछिल्लो २४ घण्टामा अमेरिका र ब्राजिलमा भन्दा धेरै जनाको मृत्यु भएको हो ।
यो बीचको सयममा अमेरिकामा ४ सय ५१ र ब्राजिलमा ५सय ५६ जनाले ज्यान गुमाएका छन् ।
अहिले भारतमा कोरोना भाइरसको संक्रमण तिब्र गतिमा बढिरहेको छ ।
२४ घण्टामा भारतमा मात्र ५० हजार ५ सय २५ जना संक्रमित भएका छन् ।
हालसम्म भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३२ हजार ८१२ पुगेको छ ।
१४ लाख ३६ हजार १९ जना संक्रमित मध्ये ९ लाख १८ हजार ७ सय ३५ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।