अफगानिस्तान - अफगानिस्तानको कान्दाहार प्रान्तमा बिहीबार भएको सैनिक कारबाहीमा २७ आतंककारी मारिएका छन् । अफगान सरकारी
सुुरक्षाकर्मीहरुले आफुहरुले सो कारबाही गरेको बताएका छन् ।
अफगान विद्रोहीविरुद्ध भएको कारबाहीमा उनीहरु मारिएको प्रान्तीय सरकारका प्रवक्ताले शुक्रबार बिहान जानकारी दिएका छन् ।
तालिबानहरुले सुरुमा कालाकान्चा भन्ने स्थानमा रहेको एक सैनिक पोष्टमाथि आक्रमण गरेका थिए ।
उक्त सैनिक पोष्टमा तालिबान लडाकूहरुले आक्रमण गरेपछि यहाँको सरकारी सेनाले पनि आक्रामणका विरुद्धमा कारबाही गरेको थियो । सेनाले स्थल र हवाई कारबाही गरेको हो ।
जसमा २७ जना तालिबान आतंककारी मारिनुका साथै अन्य १६ जना घाइते भएका छन् ।
कारबाहीको क्रममा सुरक्षा अधिकारीहरुलाई भने कुनै क्षति पुगेको छैन । मारिएका र घाइते भएका तालिबानबाट ठूलो संख्यामा हतियार पनि बरामद गरिएको छ ।