काठमाडौं अजोड इन्स्योरेन्सको आइपिओ आज दिउँसो ३ बजे बाँडफाँट हुने सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले जानकारी दिएको छ । ४ लाख ८४ हजार ४९८ आवेदनमध्ये गोलाप्रथाबाट २ लाख ७३ हजारले १९ कित्ताका दरले सेयर पाउनेछन् ।
आइपिओ निष्कासनपछि अजोडको चुक्ता पुँजी एक अर्ब पुग्नेछ । चुक्ता पुँजीमा ७० प्रतिशत संस्थापक र ३० प्रतिशत सर्वसाधारणको सेयर हिस्सा कायम रहनेछ ।
कम्पनीले हाल कायम जारी पुँजीको ३० प्रतिशतबराबरको आइपिओ २५ असारदेखि बिक्री खुला गरेको थियो ।