बेलायती प्रधानमन्त्री बोरिस जोनसनले चिनियाँ कम्पनी हुवावे टेक्नोलोजीमाथि प्रतिबन्ध लगाएका छन् । उनले यो प्रतिबन्ध आगामी सात वर्षसम्मको लागि लगाएका हुन् ।
बेलायतको यो प्रतिबन्धसंगै हुवावेले अब ५जी कारोबार गर्न पाउने छैनर । बेलायत सरकारले आफ्नो घरेलु टेलिकम कम्पनीहरूलाई चिनियाँ कम्पनी हुवावेका सबै उपकरणहरुलाई आगामी सन् २०२७ सम्ममा ५ जी नेटवर्क हटाउन आग्रह गरेको हाे ।
हुवावेलाई ५ जी नेटवर्कको मुलधारबाट यस वर्षको जनवरीमा हटाउने र अन्य क्षेत्रमा यसको सहभागिता ३५ प्रतिशतका दरले गर्ने बेलायत सरकारले बताएको थियो ।
बेलायत सरकारको यस विषयको बारेमा एक विज्ञप्ति जारी गर्दै बेलायतका प्रत्येक स्मार्टफोन प्रयोगकर्ताका लागि निराशाजनक निर्णय भएको बताएको थियो ।
हुवावेले यो निर्णयको विषयमा बोल्दै बेलायत सरकारको यो निर्णयले बेलायतलाई डिजिटलको क्षेत्रमा पछाडि लैजाने र यसमालाई पुनः विचार गर्न आग्रह गरेको छ ।
हुवावेको बारेमा बेलाबेला अमेरिकामा हुवावेले स्मार्टफोनका माध्यमबाट आफ्ना देशका नागरिकहरुको जासूसी गरेर चिनियाँ सरकारलाई व्यक्तिगत जानकारी प्रदान गर्ने गरेको अमेरिकी अधिकारीहरूले बताउँदै आएका छन् ।
यद्यपि हुवावेले भने योआरोपको खण्डन गर्दै आएको छ । केही समय अघि भारतले पनि आफ्नो देशमा हुवावेलाई प्रतिबन्ध गरेको थियो ।