गत हप्ता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले गरेको घोषणा केही समय नहुुँदै उल्टिएको छ । ट्रम्प प्रशासनले अनलाइन मार्फत कक्षा सञ्चालन भईरहेका सबै विद्यार्थीहरूलाई अमेरिकाबाट फिर्ता पठाउने र आउन समेत अनुमति नदिने बताएको थियो ।
अमेरिकामा मार्च महिनादेखि जब कोरोना संक्रमण उच्च भयो धेरै विद्यार्थीहरू आफ्नो देश फर्केका थिए ।
यी विद्यार्थीहरूलाई ट्रम्प प्रशासनले अहिले उनीहरूको कक्षा अनलाइनबाट भईरहेको कारण आउन नपाउने भनेको थियो ।
ट्रम्पको प्रशासनको यो आदेशले एफ १ र एम १ भिसा लिएर बसेका विद्यार्थीहरूलाई प्रभावित गराएको थियो ।
प्रशासनको यो निर्णय बिरूद्ध म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी र हार्वर्ड युनिवर्सिटी अदालत समेत गएका थिए ।
ट्रम्पले यति छिटो आफ्नो निर्णय उल्टानु्को कारण रहस्यमय भएको धेरैले अनुुमान गरेका छन् । अहिलको समयमा आफ्नो देशको अर्थतन्त्र बलियो बनाए फेरि आफुले चुनाव जित्न सक्ने सम्भावनाले उनले यो निर्णय उल्टाएको राजनीति विश्लेषकहरुको बुझाइ छ ।
निर्णय उल्टाएसंगै ट्रम्प अब नयाँ शैक्षिक सत्रमा स्कूल र कलेज खोल्न चाहेका छन् । अहिले कोरोना भाइरसले अमेरिकी अर्थव्यवस्था र आगामी चुनावको लागि ट्रम्पलाई गम्भीर असर पुु¥याएको छ ।
अमेरिकी वाणिज्य विभागका अनुसार सन् २०१८ मा अमेरिकी अर्थतन्त्रले विदेशी विद्यार्थीहरूबाट ४५ अर्ब डलर प्राप्त गरेको थियो ।