एजेन्सी - अमेरिकी गायिका तथा चर्चित अभिनेत्री नाया रिवेरा सोमबार मृत अवस्थामा फेला परेकी छिन् । दक्षिणी क्यालिफोर्निया तालमा उनको शव फेला परेको हो । पेरु तालबाट बुधबार साँझ डुङगा भाडामा लिई आफ्नो बच्चासँग बोटिङ गर्दै गर्दा हराएकी ३३ वर्षीया नाया ६ दिनपछि मृत फेला परेकी हुन् ।
उनले सन् २०१४ मा अभिनेता रेयन डोर्सेसँग विवाह गरेकी थिइन् भने सन् २०१५ मा छोरा जोसे जन्मिएका थिए । उनले सन् २००९ देखि फक्स टिभीमा सान्ताना लोपज नामक शोमा काम गरेकी थिइन् । सानै उमेरदेखि अभिनय गर्न सुरु गरेकी नाया रिवेरा अहिले अमेरिकाकै चर्चित गायिका तथा अभिनेत्रीका रुपमा चिनिन्थिन् ।