साधना लघुवित्तको आइपिओमा आवेदन दिने आज (२४ असार) अन्तिम दिन रहेकाे छ । लगानीकर्ताले आज कार्यालयसम्मभित्र आइपिओमा आवेदन दिन पाउनेछन् ।
साधनाले २१ असारदेखि ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको ७ लाख ७ हजार ८ सय कित्ता आइपिओ बिक्री खुला गरेको थियो । यसमध्ये १० हजार ८ सय ९० कित्ता कर्मचारी र ३५ हजार ३९० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । सर्वसाधारणले ६ लाख ६१ हजार ५ सय २० कित्ताका लागि मात्र आवेदन दिन पाउनेछन् । न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन पाइनेछ ।
केयर रेटिङ नेपालले साधनाको आइपिओलाई औसतभन्दा कम आधार जनाउने ग्रेड ४ प्लस रेटिङ दिएको छ । बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।
