ललितपुर– महाँकाल गाउँपालिका वडा नं. ६ मा यही फागुन १५ र १६ गते ठूलादुर्लुङ मेला आयोजना हुने भएको छ। यहाँको कला, संस्कृति, कृषि, पर्यटन विकास र विस्तारका लागि मेला आयोजना गर्न लागिएको वडाध्यक्ष रामकृष्ण आचार्यले जानकारी दिएका छन्।
उनले भने, ‘ नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन यहाँको कृषि र कला संस्कृति प्रदर्शनी, स्वास्थ्य शिविर, शैक्षिक मेला र बृहत सांस्कृतिक कार्यक्रम मेलामा हुनेछ।’
पहिलो दिन गाउँपालिकाभित्र उत्पादन भएका कफी, दाल, मसला, तरकारीलगायतका विभिन्न बालीको प्रचारप्रसार, बालबालिकाको सिर्जना प्रदर्शन, पशुको गोभर जाँच र बन्ध्याकरण, ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण हुनेछ। दोस्रो दिन सास्कृतिक कार्यत्रक्रम, किसान सम्मान लगायतको कार्यक्रम राखिएको छ।
काभ्रे जिल्लाको खानीखोला र दक्षिण भेगमा रहेको बेथानचोक ,वाग्मती र कोञ्ज्योसोम गाउँपालिकाका जनताले समेत मेलाको अवलोकन गर्ने अपेक्षा राखिएको छ। रासस