काठमाडाैं– डीटीएच सेवा प्रदायक कम्पनी डीसहोमले बालबालिकालक्षित राइम्स च्यानल सुरु गरेको छ। कम्पनीले बालबालिकालाई लक्षित गर्दै रोमाञ्चक प्रारम्भिक शिक्षण आधार दिने गरी विशेष टेलिभिजन च्यानल शुक्रबारबाट सुरुवात गरेको हो।
मनोरञ्जनात्मक, ज्ञानवर्दक, खेलकुदका साथै विभिन्न विषयबस्तुलाई समेटेर आफ्नै च्यानलमार्फत दर्शकलाई समेट्दै आएको कम्पनीले नयाँ च्यानल थप गरेको हो। यो २ देखि १२ वर्षसम्मका बच्चाहरुको लागि अत्यन्तै अन्तर्क्रियात्मक च्यानल हुने कम्पनीले जनाएको छ। यसलाई च्यानल नं. ८०९ मा हेर्न सकिने कम्पनीले बताएको छ।
च्यानलले बच्चाहरुको लागि एउटा पढ्नको लागि आधार प्रदान गर्नुका साथै अंग्रेजी तथा गणितजस्ता विषयहरुको मात्र नभई विभिन्न मनोवैज्ञानिक सामाग्री समेत समेटिने कम्पनीले जनाएको छ। बालबालिकालाई घरमै बसेर सिक्ने वातावरण प्रदान गर्ने र यस्ता सामग्रीले बालबालिकाको दिमागलाई सुदृढ बनाउन मद्दत गर्ने विश्वास कम्पनीले लिएको छ।