काठमाडौँ । अष्ट्रेलियाकी सञ्चारमन्त्री एनिका वेलेअरुले देशमा लागू हुन लागेको विश्व–अग्रणी सोसल मिडिया प्रतिबन्धबारे असन्तुष्टि जनाउने प्रविधि कम्पनीहरू बाट आफू नअत्तिने बताएकी छिन्। उनले आवश्यक परे वाशिङ्टनको दबाबको पनि सामना गर्न तयार रहेको बताएकी छिन्। डिसेम्बर १० देखि स्न्यापच्याट, मेटा, टिकटक, युट्युबसहित १० वटा सोसल मिडिया कम्पनीले १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई आफ्नो प्लाटफर्ममा खाता खोल्न नदिने उचित कदम चाल्नुपर्नेछ। हामी अभिभावकहरूको पक्षमा छौँ, मन्त्री वेलेसले भनिन् कम्पनीहरू र विशेषज्ञहरूको प्रतिक्रिया यस्तो छ । मेटासहित केही कम्पनीहरूले बालबालिकालाई सुरक्षित राख्न थप कदम आवश्यक रहेको स्वीकार गरे पनि प्रतिबन्ध सही उपाय होइन भनेर असहमति जनाएका छन्।
केही विशेषज्ञहरूले पनि त्यस्तै चिन्ता व्यक्त गरेका छन्। ब्रिस्बेनमा बीबीसीसँग कुरा गर्दै वेलेसले भनिन्–टेक कम्पनीहरूले १५,२० वर्षदेखि आफ्ना प्रणाली सुधार्ने पर्याप्त समय पाए तर अनुसन्धानहरूले देखाएको क्षतिलाई रोक्न असफल भएको आरोप लाग्दै आएको छ। हामीले गरिरहेको काम नैतिक रूपमा आवश्यक छ, त्यसैले म ‘बिग टेक’ बाट डराउँदिन, उनले भनिन्। उनका अनुसार यो नीति धेरै देशका लागि आकर्षणको विषय बनेको छ र विभिन्न देशका नेतृत्वले यसबारे परामर्श मागिरहेका छन्। अमेरिकाबाट दबाब आउने सम्भावना देखिन्छ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि अमेरिकी टेक कम्पनीमाथि हमला गर्ने देशसँग लड्ने चेतावनी दिएका थिए। सोसल मिडिया प्रतिबन्ध लागू गर्ने जिम्मेवारी पाएको अष्ट्रेलियाको इ–सुरक्षा आयुक्तलाई अमेरिकी कांग्रेसले बयान दिन पनि बोलाएको छ।
तर वेलेस भन्छिन्–ह्वाइट हाउस वा कांग्रेसले हाम्रो कदम अध्ययन गर्नु स्वाभाविक हो। तर हामी आफ्ना करदाताद्वारा दिएको जिम्मेवारीमा केन्द्रित छौँ। वेलेसका अनुसार यो कदमले कतिपय देशहरूलाई मार्गदर्शन गर्न सक्छ, जसका कारण टेक कम्पनीहरू चिन्तित हुनु स्वाभाविक छ। यदि तपाईंको सञ्चालन मोडेल नै असुरक्षित छ र त्यसका कारण मानिसको ज्यानसम्म जान सक्छ भने सार्वजनिक नीतिनिर्माताले कारबाही गर्ने नै छन्, उनले भनिन्। आलोचना र कानुनी चुनौती बन्नपुगेको छ यो नीतिलाई लोकप्रिय भनिए पनि सबैले स्वीकारेका छैनन्। केही विशेषज्ञहरूका अनुसार प्रतिबन्धभन्दा कडा नियम, अभिभावक नियन्त्रण र डिजिटल शिक्षा बढी प्रभावकारी हुन सक्थ्यो। अमेरिकाका केही राज्यले यस्तै प्रतिबन्ध ल्याउन खोज्दा अदालतले रोक लगाएको उदाहरण दिँदै अष्ट्रेलियामा पनि कार्यान्वयन चुनौतीपूर्ण हुनसक्ने चेतावनी आलोचकहरूले दिएका छन्। हालै मात्र दुई किशोरले उच्च अदालतमा मुद्दा दायर गर्दै प्रतिबन्धले बालबालिकाका अधिकार उललंघन गरेको दाबी गरेका छन्। सबैभन्दा ठूलो आलोचना भने अनलाइन गेमिङलाई समेटिन नसक्नु हो। अभिभावक र अनुसन्धानकर्ताले गेमिङ प्लेटफर्म विशेष गरी बालबालिकाको लागि हानिकारक भएको भन्दै समेटिनुपर्ने बताएका छन्।
वेलेस भन्छिन्ः इ–सुरक्षा आयुक्त लाई विशेष ध्यान दिइरहेकी छिन्, र Roblox ले पनि हालै आफ्नो प्लेटफर्म सुरक्षित बनाउन कदम चालेको छ । सरकारले यो प्रतिबन्धलाई उपचार योजना का रूपमा हेरिएको बताउँदै आगामी २ वर्षमा पुनरावलोकन गर्नेछ। यसले समाजमा दीर्घकालीन परिवर्तन ल्याउँछ, सुरुमा केही अव्यवस्था देखिन सक्छ, तर परिणाम फाइदाजनक हुनेछ भनेका छन् । मद्यपान प्रतिबन्धसँग तुलना गर्दै उनले भनिन् १८ वर्षमुनिका कतिपयले अझै मदिरा पिउँछन्, अभिभावकले समेत साथ दिन सक्छन्। तर त्यसले कानुन नराख्ने कारण बन्न सक्दैन। एआईले पालकत्व सम्भव हुँदैन वेलेसका आफ्नै तीन बच्चा छन्। उनी भन्छिन्–घरमा स्क्रीन–टाइम व्यवस्थापन चुनौतीपूर्ण छ। एआईका एल्गोरिदमलाई अभिभावक गर्न सकिँदैन यो प्रतिबन्धले अभिभावकलाई एउटा नयाँ हतियार दिएको छ भनेकी छिन्न् ।