काठमाडौं । सरकारले नेपालमा २६ वटा सामाजिक सञ्जाल बन्द गरेपछि कलिङ तथा म्यासेजिङ एप भाइबर गुगल प्ले स्टोरको शीर्षस्थानमा आएको छ ।
२४ घण्टाअघि प्ले स्टोरको टप फ्रि एप लिस्टमा ५० भन्दा तल रहेको भाइबर अहिले एक नम्बरमा आएको हो । पछिल्लो २४ घण्टामा नेपालमा एन्ड्रोइड प्रयोगकर्ताले धेरै डाउनलोड गरेका कारण राकुटेन भाइबर म्यासेन्जर शीर्षस्थानमा आएको हो ।
फेसबुक लगायतका सामजिक सञ्जाल नेपालमा दर्ता नभएको भन्दै सरकारले बिहीबार बन्द गर्ने निर्णय गरेको थियो ।नेपालमा सबभन्दा धेरै प्रयोग हुने फेसबुक र म्यासेन्जर एप चल्न छाडेपछि प्रयोगकर्ताले वैकल्पिक एपका रूपमा भाइबर रोजेको देखिएको छ ।