पोखरा – बिईगं ह्युमन क्लोथिङ नेपालको पोखरास्थित ‘शो–रुम’ नयाँ वर्षको अवसर पारेर पुनः सञ्चालनमा आएको छ। पोखराको चिप्लेढुङ्गास्थित ट्रेड मलमा रहेको ‘शो–रुम’ नयाँ व्यवस्थापनको मातहतमा पुनः सुचारु भएको हो।
‘पोखराको शो–रुम प्राविधिक कारणले केहि समय अवरूद्ध हुनु हाम्रो लागि दुखद कुरा थियो,’ बिईगं ह्युमन क्लोथिङ नेपालको नेपालस्थित एकमात्र आधिकारीक बिक्रेता वस्त्र ईन्क प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत सुदिपचन्द्र बख्रेलले भने, ‘नयाँ कपडामात्र होईन नयाँ योजनाको साथमा फर्किएका छौ।’
जाडोका लागि नयाँ कपडाहरु आईसकेको जानकारी दिँदै वस्त्र ईन्कका सञ्चालक राजु थापा क्षेत्रीले भने, ‘कपडाको साथमा बिईगं ह्युमन ई–साईकल पनि आएको छ।’ काठमाडौं अहिलेसम्म १ सय भन्दा बढी साईकल ‘बुकिङ’ भइसकेको उनले जानकारी दिए।
यसअघि बस्त्र ईन्कले बिईगं ह्युमन फाउण्डेसनका सञ्चालक तथा बलिउड सुपरस्टार सलमान खानको जन्मदिनको अवसर पारेर पौष ११ गते काठमाडौंको दरबारमार्गस्थित ‘शो–रुम’लाई औपचारिक रुपमा पुर्नसञ्चालनमा ल्याएको थियो।