काठमाडौं। गृहमन्त्री रवि लामिछानेको हत्या अभियोगमा फरार रहेका एमाले सांसद लक्ष्मी महतो कोइरीलाई सभामुख चयनका लागि मतदात गर्न आग्रह गरे।
आजको संसद् बैठकमा बोल्दै उनले हत्या अभियोगमा फरार रहेका एमाले सांसद महतोलाई सभामुख चयनका लागि मतदात गर्न आग्रह गरे।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सभामुख चयनका लागि प्रतिनिधिसभा बैठक अहिले जारी छ।
सम्बन्धित समाचारः सभामुख चयनका लागि प्रतिनिधिसभा बैठक सुरू (लाइभ)
उक्त संसद् बैठकमा हत्या अभियोगमा फरार रहेका एमाले सांसद महतोसहभागी भएको भन्दै कांग्रेसले आपत्ति जनाएको थियो। साथै, कांग्रेसका सांसद रामहरि खतिवडाले उक्त विषयमा गृहमन्त्री रवि लामिछानेको ध्यानाकर्षण गराएका थिए।
सम्बन्धित समाचारः गृहमन्त्री लामिछाने सहभागी बैठकमै हत्या अभियोगमा फरार सांसद महतो !
हत्या आरोपी सांसद महतोलाई पक्राउका सम्बन्धमा गृहमन्त्री लामिछानेले घुमाउरो जवाफ दिए।
उनले भने, ‘यहाँ एकजना सांसदको विषयमा प्रश्न उठ्यो। विधि र पद्दती बाहिर गएर गृह मन्त्रालय बाहिर जाँदैन। त्यसको एउटा प्रक्रिया छ। त्यसमा कसैको दबाब हुने छैन। गृह मन्त्रालय टसमस हुनेछैन। तपाईँहरुबाट दबाब र प्रभाव आउने छैन भन्ने विश्वास छ।’
गृहमन्त्री लामिछानेले सबै सांसदलाई मतदान सहभागी हुन आग्रह गरे।
लामिछाने सभामुखका लागि सत्ता साझेदार दलको तर्फबाट नेकपा एमालेका देवराज घिमिरेको समर्थक छन्। उनले घिमिरेलाई मतदान गरेर जिताउन अपील गरे।