काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन–बाट निर्पाचित सांसद रवि लामिछानेविरुद्धको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
बुधवार अदालतको संवैधानिक इजलासले लामिछानेविरुद्धको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।
लामिछानेको शपथ रोक्न तथा सांसद पद खारेज गर्न माग गर्दै मुद्दा परेको थियो। अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै लामिछानेले बिहीवार सांसदको शपथ लिने बाटो खुलेको छ।
सम्बन्धित समाचारः रवि लामिछानेको सांसद पद खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट
यससम्बन्धि सबै पक्षसँग छलफल गर्ने गरि अर्को पेशी तोक्ने अदालतले जनाएको छ।