काठमाडौं। प्रतिनिधिसभा तर्फको समानुपातिक मतगणनाको पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेले अग्रता कायमै राखेको छ।
एमालेले २० लाख मत कटाएको छ। उसले हालसम्म २० लाख ३२ हजार २३३ मत पाएको छ।
निर्वाचन आयोगका अनुसार एमालेलाई समानुपातिक मतगणनामा कांग्रेसले पछ्याइरहेको छ। कांग्रेसले १९ लाख ६३ हजार ५८५ मत ल्याएको छ।
नेकपा माओवादी केन्द्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई उछिन्दै तेस्रो स्थानमा छ।
शनिबार दिउँसो पौने ४ बजेसम्म समानुपातिकमा कुन पार्टीले कति मत पाए ?
