बैतडी । बैतडीमा जीप दुर्घटना हुँदा चार जना प्रहरीको मृत्यु भएको छ । जिल्लाको पाटनमा मतपेटिका पुर्याएर फर्किंदै गरेको प्रहरी सवार जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको र केहि घाइते भउको खबर प्राप्त भएको छ ।
बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीका अनुसार चार जनाको शव निकालिसकेको र थप मृत्यु भएको पुष्टि हुन बाँकी छ ।
पाटन नगरपालिका थुम भन्ने स्थानमा बा १ ८५४ नम्बरको जिप आज बिहान दुर्घटनामा परेको हो । उक्त जीपमा १४ जना सवाररहेको बुझिएको छ ।