अष्ट्रेलियाया। सिड्नीको बरउडपार्कमा शनिबार नेपाल फेष्टिवल भइरहेको छ।
गैरआवासीय नेपाली संघ अष्ट्रेलिया न्यूसाउथवेल्स राज्य समितिको आयोजनामा नेपाल फेष्टिवल भइरहेको हो।
फेष्टिवलमा विभिन्न स्थानबाट नेपालीहरू आएका छन्। अष्ट्रेलियामा नेपाली कला, संस्कृति, भाषा, खाना र पहिरनको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको फेष्टिवलमा राजनीतिको प्रभाव देखिएको छ।
.jpg)
सहभागीहरुका अनुसार फेष्टिवलमा बार बनाइएको छ, जसमा भित्र र बाहिर गरेर राखिएको छ। राजनीतिक पहुँचको भरमा फेष्टिवलमा करिब एक सय जनालाई मात्रै भित्र कुर्सीमा राखिएको छ भने अन्यलाई बाहिर उभ्याइएको छ।
गैरआवासीय नेपाली संघ अष्ट्रेलिया न्यूसाउथवेल्स राज्य समितिका कोर्डिनेटर देव गुरुङले फेष्टिबलमा नेपालीलाई जोड्ने भन्दा तोड्ने काम गरेको आरोप लागेको छ।
गुरुङले एनआरएनमा चरम राजनीति गरेको, एनआरएनको पैसा सक्ने तथा कमाउ धन्दामा लागेको आरोप सिड्नीमा रहेका नेपालीहरुले लगाएका छन्।
अष्ट्रेलियामा करिब ४ लाख नेपालीहरु छन् तर एनआरएनमा विद्यमान चरम राजनीतिले गर्दा फेष्टिबलमा करिब ८ हजार नेपालीहरुको मात्रै सहभागिता छ।
नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघले आयोजना गरेको कार्यक्रममा चरम राजनीतिको प्रभावका कारण नेपालीहरुले नै अपनत्व बोध नगर्दा अत्यन्तै न्यून उपस्थित रहेको हो।
उपस्थित नेपालीहरुले गैरआवासीय नेपाली संघ अष्ट्रेलिया न्यूसाउथवेल्स राज्य समितिका कोर्डिनेटर गुरुङको नेतृत्व नै असफल भएको टिप्पणी गरिरहेका छन्।
साथै, फेष्टिबलमा नेपाली विद्यार्थीको सहभागिता पनि न्यून छ। अष्ट्रेलियामा पछिल्लो २ सातामा ३ विद्यार्थीको मृत्यु भएपनि कुनै चासो नदिएको, विद्यार्थीको दुःख कष्टमा साथ नदिएको, राजनीतिमा मात्रै केन्द्रित भएको भन्दै एनआरएनको कार्यक्रममा विद्यार्थीको उपस्थिति न्यून भएको हो।